काठमाडौँ — चैत मसान्तभित्र सरकारले ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउने सरकारको तालिका अनुसार राष्ट्र बैंकले आगामी ७ दिनभित्र उक्त रकम उठाउन लागेको हो ।


ADVERTISEMENT


राष्ट्र बैंकले ट्रेजरी विल्सबाट २५ अर्ब र विकास ऋणपत्रबाट ३० अर्ब गरी कुल ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनामा २० अर्ब १ सय ८२ दिने र ५ अर्ब ३ सय ६४ दिने गरी ट्रेजरी विल्स रहेको उल्लेख छ ।


ADVERTISEMENT

# # #