काठमाडौं – सरकारले आउँदो वैशाख १ गते हुने भनिएको विभूषण सुशोभन समारोह कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित गरेको छ । राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न क्षेत्रका महानुभावहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम थियो ।


ADVERTISEMENT


तर विश्वभरि फैलिइरहेको कोरोना भाइरसको महामारीबाट विषम परिस्थिति सिर्जना भएको भन्दै गृह मन्त्रालयले समारोह स्थगितको सूचना जारी गरेको छ । गृहमन्त्रालयका सचिव एवम् विभूषण समितिका सदस्यसचिव महेश्वर न्यौपानेका अनुसार सो कार्यक्रम पछि उपयुक्त समयमा गरिने छ ।


ADVERTISEMENT

# # #