एजेन्सी ।  अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिनुमा चीनको मासु बजार जिम्मेवार रहेको बताएका छन् ।


ADVERTISEMENT


अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले शुक्रबार चीनको मासु बजारविरुद्ध कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग अपिल पनि गरेका छन् ।


ADVERTISEMENT

# # #


चीनको मासु बजारबाट विश्व स्वास्थ्य र विश्वभरका मानिसका लागि गम्भीर खतरा रहेको बताएका छन्।

गएको डिसेम्बरमा चीनको वुहानमा नोवेल कोरोना भाइरसको संक्रमण पहिलोपटक पुष्टि भएको थियो । जंगली जनावरको मासु बजारबाट सो भाइरसको संक्रमण मानिसमा फैलिएको बताइन्छ ।

संक्रमण बिस्तार भएपछि वुहानमा रहेको वुहान सिफुड होलसेल मार्केट गएको जनवरीमा बन्द गरिएको थियो ।

प्रधानमन्त्री मरिसनले बिहीबार २ जीबी रेडियोलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘कोरोना भाइरसको उत्पति चीनमा भएको हो र सारा विश्वमा फैलियो । यो कुरा हामी सबैलाई थाहा छ । यस विषयमा विश्व स्वास्थ्य संगठनले केही गर्नुपर्छ । किनकि यो विश्वका मानिसहरुको स्वास्थ्यको प्रश्न हो ।’

कोरोना भाइरस चीनमा जन्मिएको र त्यहाँबाट पूरै विश्वमा फैलिएको बताए । विश्व स्वास्थ्य संगठनले यसलाई गम्भीर रुपमा लिएर केही न केही गर्नु पर्ने उनले माग गरेका छन् ।

चीनमा जंगली जनावरको मासुमा प्रतिबन्ध लगाइएको छ । यस्तै हालै शिन्चेन शहरले जंगली जनावरसँगै घर पालुवा बिरालो तथा कुकुरको मासुमा पनि प्रतिबन्ध लगाएको छ ।