काठमाडौँ — सरकारले ‘लकडाउन’ का क्रममा समेत निश्चित मापदण्ड पूरा गर्न लगाई चार प्रकारका उद्योग र राष्ट्रिय गौरवसहित सबैजसो ठूला विकास आयोजना तत्काल सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रिय गौरवका चार ठूला आयोजनामा आंशिक रूपमा काम सुरु भएको छ । अन्य ठूला आयोजनाको कामसमेत सुरु गर्ने तयारी भएको विकासे मन्त्रालयका अधिकारीलेजनाएका छन् ।


ADVERTISEMENT


लकडाउनका क्रममा मुलुकमा औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खानेपानीको अभाव हुन नदिन ती अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति गर्ने देशभरका उद्योग सञ्चालनमा ल्याएको सरकारले दोस्रो चरणमा थप उद्योग र ठूला विकास आयोजना सञ्चालन सुचारु गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


चिनी र चिया उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले बताएका छन् । उत्पादित चिया र उखु खेती समयमै उपयोग नहुँदा खेर जाने अवस्था आएको थियो । इँटा उद्योग वर्षायाममा चलाउन नसकिने भएकाले अहिल्यै सञ्चालन गर्न दिन व्यवसायीहरूबाट माग आएको थियो ।