काठमाडौँ — कोभिड- १९ को बिरामीलाई सेवा प्रदान गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल एम्बुलेन्स सेवा, काठमाडौं महानगरपालिका र कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बीच सोमबार सम्झौता भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना उपचारका लागि १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने सम्झौता भएको बताए। यसका प्रयोगको लागि १०२ मा सम्पर्क गर्न सकिनेछ।


ADVERTISEMENT

# # #


एम्बुुलेन्सका लागि आवश्यक पर्ने इमरजेन्सी मेडिकल टेक्‍निसियन र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पीपीईसहित उक्त एम्बुलेन्स व्यवस्था गरिएको हो। नेपाल एम्बुलेन्स सेवाले ५ वटा, मन्त्रालयले ४ वटा र महानगरपालिकाले १ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन्।