काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड -१९) को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।


ADVERTISEMENT

# # #


जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन्।