काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मङ्गलबार निर्णय हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने जनाएको छ ।


ADVERTISEMENT


कोरोना भाइरस सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय हुन लागेको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने तय थियो ।


ADVERTISEMENT

# # #


यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

बोर्डले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ ।