काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कटैया–कुशाहा १ सय ३२ केभीए प्रसारणलाइनकोे संयुक्त रुपमा उदघाटन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला हैदराबाद हाउसबाट बिहीबार दुई प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रशारणलाइनको उदघाटन गरेका हुन्।


ADVERTISEMENT

# # #


यो उदघाटनसँगै यो कटैया कुशाहा प्रसारणलाइनबाट थप ५० मेगावाट विद्युत नेपाल आयात गर्न मिल्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब यो प्रशारणलाइनबाट पनि विद्युत आयात सुरु हुनेछ ।’

आगामी वर्षको माग धान्ने नदेखेपछि प्राधिकरणले अहिले थप प्रसारणलाइन मार्फत विद्युत ल्याउने भएको हो । कटैया कुशाहा १ सय ३२ केभीको प्रसारणलाइन गत फेब्रअरीमा नै निर्माण सम्पन्न भएको थियो । तर हालसम्म यसबाट विद्युत आयात भने भएको छैन । यो प्रसारणलाइनबाट ५० मेगावाट विद्युत आयात गर्न मिल्नेछ ।

त्यस्तै अहिले रक्सौल-परवानीपुरको १ सय ३२ केभी प्रसारणलाइन पनि निर्माण सम्पन्न भइसकेको छ । जसबाट पनि ५० मेगावाटको विद्युत आयात गर्न सकिन्छ ।

यि दुवै प्रसारणलाइन भारत सरकारको अनुदानमा निर्माण भएका हुन् । जग्गा प्राप्ती नेपाल सरकार तथा विद्युत प्राधिकरणले गरिदिएको थियो भने अन्य खर्च सबै भारतको अनुदानबाट गरिएको थियो ।