हेटौंडा – प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता तथा मकवानपुर कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिकालाई ३ लाख रुपियाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT


बुधबार आइसोलेशन वार्ड निरीक्षण तथा कारोना भाइरस (कोभिड १९)विरुद्ध अभियानका लागि नेता बानियाँले उक्त सहयोग गरेका हुन् । कोरोना भाईरसको बढ्दो संक्रमण र जोखिमलाई नियन्त्रण गर्न नेता बानियाँले मकवानपुरकै विकट राक्सीराङ गाउँपालिकालाई २ लाख र मनहरी गाउँपालिकालाई १ लाख रुपियाँ सहयोग गरेका छन् ।


ADVERTISEMENT

# # #


मकवानपुर क्षेत्र नम्बर २ (ख) का सांसद समेत रहेका नेता बानियाँले केहीदिन अघि विज्ञप्ती निकालेर घोषणा गरे बमोजिम राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आफूले जम्मा गरेको रकमको भौचर हस्तान्तरण गरे ।

त्यसैगरी नेता बानियाँले राक्सीराङ र मनहरी गाउँपालिकाले निर्माण गरेको आइसोलेशन वार्डकोसमेत निरिक्षण गरेका छन् । निरीक्षण पश्चात उनले गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई विशेष धन्यवादसमेत दिए । यस्तै उनले राक्सीराङ गाउँपालिका ५ बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरे । उनीहरुलाई राक्सीराङ गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट खाद्य सामग्री वितरण गरेको हो ।