काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारसँग स्वास्थ्य उपकरण खरिदका क्रममा भएको अनियमिततामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।


ADVERTISEMENT


तरुण दलका पूर्वअध्यक्षहरु विनोदप्रकाश कायस्थ, उदय शमशेर राणा र नेविसंघका पूर्वअध्यक्षहरु महेन्द्र शर्मा, रञ्जित कर्ण र नैनसिंह महरले संयुक्त वक्तव्य जारी गर्दै तत्काल गुणस्तरीय परीक्षण सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको दायित्वमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले ज्यानको बाजी लगाएर खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि पीपीई लगायतका स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, भेन्टिलेटरको संख्या बढाएर एक हजार पाच सय पुर्‍याउन, गुणस्तरीस्य किट र मेसिनको उचित प्रवन्ध गरी प्रदेश तहमा स्थापित प्रयोगशालाको क्षमता वृद्धि गर्न तथा पर्याप्त विशेषज्ञको व्यवस्था गर्न र जोखिम प्राथमिकतका आधारमा चेकजाँच तथा परीक्षणको दायरा बढाएर भय र त्रासको अन्त्य गर्न पनि सरकारसँग माग गरेका छन् ।

“उचित तवलरले क्वारेन्टाइनको प्रबन्ध र बस्न पाउने अवस्थाको सिर्जना गर्न तर्फ पनि सरकारको ध्यान जाओस,” संयुक्त वक्तव्यमा भनिएको छ । सुदूरपश्चिममा देखिएको जोखिम र त्यहाँ रहेको कमजोर स्वास्थ्य पूर्वाधर हेर्दा एक लाख ५० हजारभन्दा बढी नागरिक भारतबाट आए पनि २४ सयमात्रै क्वारेन्टाइनमा देखिनुले सरकारी अकणमण्यता प्रष्टै देखिएको उनीहरुको ठहर छ ।

तरुण दल र नेविसंघले महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसाथ गरी चेकजाँचको विशेषा व्यवस्था मिलाउन, न्यून आय भएका मजदुर, किसानका लागि विशेष राहत, उद्योगी व्यापारीको अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी–कामदारको स्थिति पत्ता लगाएर कूटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि सरकारसँग माग गरेका छन् ।