काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को बिक्री दर एक सय २२ रुपैयाँ ५० पैसा तोकेको छ । बुधबार अमेरिकी १ डलरको बिक्री दर एक सय २१ रुपैयाँ ३१ पैसा थियो ।


ADVERTISEMENT


त्यस्तै बिहीबार अमेरिकी डलर १ को खरिद दर एक सय २१ रुपैयाँ ९० पैसा तोकेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । केही महिनायता कोरोना भाइरसका कारण विश्व बजार प्रभावित छ । अमेरिकी डलरको माग बढेपछि मूल्य पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #