एजेन्सी –  अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले नागरिकलाई माक्स लगाउन सल्लाह दिएकी छिन् ।कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा उनले त्यसप्रति चासो व्यक्त गर्दै कपडाको माक्स लगाउन सल्लाह दिएकी हुन् ।


ADVERTISEMENT


उनले जहाँ सामाजिक दूरी राख्न सम्भव छैन, त्यहाँ माक्सको प्रयोग अनिवार्य भएको बताएकी छिन् । उनले यो पनि भनेकी छिन्, माक्स लगाउनु राम्रो हो तर यसले सामाजिक दूरीको स्थान लिन भने सक्तैन ।


ADVERTISEMENT

# # #


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुका दिनमा माक्स लगाउन जरुरी नरहेको बताउँदै आएका थिए । उनको यो भनाइको चौतर्फी आलोचना भएको थियो ।

बीबीसी हिन्दीको सहयोगमा