श्याम ठाकुर, सिरहा – प्रदेश २ सरकरले किसानहरुले विभिन्न बैँक तथा वित्तीय संस्थाबाट लिएको ऋणको चार महिनाको ब्याज तिरिदिने भएको छ । कोरोना महामारीका संन्त्रासका कारण गरिएको लकडाउनले किसानहरु पीडित भएकोभन्दै प्रदेश सरकारले उक्त निर्याय गरेको हो ।


ADVERTISEMENT


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कृषिको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी पाँच लाख देखी १५ लाख सम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखी ३० लाख सम्मको ऋणमा ४० प्रतिशत प्रदेश सरकारले तिर्नेछ । यस्तै ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरे बमोजिम व्याज तिर्ने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

यसका अतिरिक्त दुध, फल फुल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्त समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।

कोरोनाको रोकथाम र उपचार खटिएकाको मृत्यु भए परिवारलाई ५० लाख रुपैयाँ

यस्तै प्रदेश नं २ ले कोरोना महामारीविरुद्धको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरुको कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ ।

शुक्रबारको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । जस अनुसार कोरोना नियन्त्रण, रोकथाम तथा उपचारकार्यमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीको कोरोनाका कारण मृत्यु भएमा पीडित परिवारले राहत स्वरुप ५० लाख रुपैयाँ पाउने छन् ।