काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाईरसका बिरूद्द लड्न नेपाललाई साथ दिने बताएका छन् ।


ADVERTISEMENT


आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोनवार्तामा प्रधानमन्त्री मोदीले भाईरसकाविरूद्ध नेपालले गरिरहेको प्रयासको प्रशंसा गर्दै ऐक्यबद्दता जनाएका हुन् ।


ADVERTISEMENT

# # #


मोदीले आफ्नो ट्वीटर अकाउन्टमा लेख्दै प्रधानमन्त्री ओलीसँग कोरोना भाईरसविरूद्ध लड्न नेपाली जनताले देखाएको दृढ संकल्पको प्रशंसा गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले कोरोनाविरूद्धद्दको साझा लडाईमा एक भएर लड्ने र अनन्य छिमेकी नेपाललाई यस लडाईमा साथ दिने ऐक्यवद्धता समेत जनाएको बताएका छन् ।