काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम आयोजना गर्र्न भएको छ ।


ADVERTISEMENT


कार्यक्रम आइतवार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।


ADVERTISEMENT

# # #


यसपटकको नयाँ वर्ष लामोसमयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् ।

यस्तै मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवद्र्घन गर्ने कम्पनीले जनाएको छ ।