वर्ष २०७६ मा मुख्यतः राजनीतिक उथलपुथलदेखि वैज्ञानिक सफलता, प्राकृतिक प्रकोपको कहरदेखि कोरोना भाइरसको प्रकोपसम्मले आक्रान्त भयो । समग्रमा यो वर्ष कस्तो रहयो त हामीले यस वर्षका मुख्य मुख्य घटनाक्रमको साशंश प्रस्तुत गरेका छौं ।


ADVERTISEMENT


नयाँ वर्षको सुरुवातमै नेपालले एउटा ऐतिहासिक सफलता हासिल गर्यो । नेपालले नेपाली स्याटलाइट वान नामकको भु उपग्रह अमेरिकाको भर्जनियावाट प्रक्षेपण गर्यो । लुक्लामा हवाई दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो भने सो महिना भरी मेडिकल कलेजले लिएको चर्को शुल्कको बिरोधमा प्रदर्शन देखि हडतालसम्मका बिषयले चर्चा बटुले ।


ADVERTISEMENT

# # #


ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलसहितका वालुवाटारमा जग्गा धेरै ब्यक्तिहरुले हडपेको भन्ने बिषय सतहमा आए । तत्कालिन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बिच एकीकरण भई समाजवादी पार्टी गठन भएको विषयले राम्रै चर्चा पाए । महिनाको अन्त्यतिर प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरे

जेठको पहिलो सातामै कामिरितता शेर्पाले दुई पटक सगरमाथा चढेर इतिहास रचे । २३ औं पटक सगरमाथा चढेको एक सातामै उनले २४ औं पटकको विश्व किर्तिमान कायम गर्न सफल भए । यस्तै राष्टपति चुरे संरक्षण कार्यक्रममा हिनामिना गरेको ठहर गर्दै नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्कीलाई समरी सैनिक अदालत भ्रष्टाचार अभियोगमा बर्खास्त भए ।

त्यस्तै, जेठकै दोस्रो सातामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौंको तीन स्थानमा श्रृंखलाबद्ध बम आक्रमण गरे भने जसका कारण सुकेधारामा ३ र घट्टेकुलोमा १ जनाको मृत्यु भयो ।  गणतन्त्र दिवसका दिनमा सरकारले आर्थिक बर्ष २०७६ ७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बराबरको बजेट सार्वजनिक गर्याे ।  जेठ दोस्रो साता नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा भाग प्रधानमन्त्री केपी ओली दिल्लीमा पुगे । सरकारले प्रस्ताव गरेको मिडिया काउन्सिल बिद्येयक र गुठी विद्येयकका विरुद्ध प्रदर्शनले जेठ महिनाभर सडक ततायो ।

असारमा गुठी विद्येयक फिर्ताले महिनाको सुरुवातमै केही राहत दियो । तर लगातारको अविरल वर्षाको कारण आएको बाढी पहिरो र डुबानबाट देशभर २२ जनाको ज्यान गुमाउने परयो भने ५ जना बेपत्ता भए । बाढी पहिरोवाट असारमा मात्रै ४ सय ३७ परिवार विस्थापित भए । भारतीय बाँधका कारण मुख्यतः तराईका कयौं स्थान जलमग्न भए ।

साउनमा चीनले नेपाललाई आफना देशको १५ वटा विमानस्थल प्रयोग गर्न अनुमती दिएको देखि पूर्व पश्चिम विद्युतीय रेलमार्गसहित सम्भावित अन्य स्थानको पहिचान गर्ने कामले यो महिनामा तीव्रता पायो । तर आर्थिक बर्षको पहिलो महिनामा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको घोषणा गरियो ।

भदौमा  डेंगुले महामारीको रुपको रुपमा फैलियो र कयौं महिनासम्म पिरोलिरह्यो ।  तर महिनाको दोश्रो सातातिर प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा संयुक्त रुपमा रक्सौल अमलेखगञ्ज पेट्रालियम पाईप लाइनको उदघाटनभएपछि दक्षिण एसियाको पहिलो क्रस बोर्डर पाइपलाइन सञ्चालनमामा आएको समाचारले सकारात्मक सन्देश दिन सफल भयो ।

असोजमा संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुव्र्यव्यवहार गरेको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महराले आफ्नो पद नै गुमाउनुपर्यो । सोही केशमा पक्राउ परेका उनी हिरासतमा बस्नुपर्यो । यद्यपी हाल उनी आरोप मुक्त भइसकेका छन् ।
असोज दोस्रो साता चीनका राष्ट्रपति सी चिनफिङको सफल नेपाल भ्रमण सम्पन्न भयो ।

सोही अवसरमा, केरुग काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनलगायत १९ वटा सम्झौतामा नेपाल चीनबीच हस्ताक्षर समेत भयो । महिनाको अन्त्यमा पहिलो संविधानसभा निर्वाचनताका भएको बम विस्फोट घटनाका मुख्य योजनाकार नेपाली कांग्रेस सांसद मोहम्मद अफताव आलम पक्राउ परेपछि कांग्रेसवृत्तमा ठूलो हलचल मच्चियो ।

कात्तिकमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका ७ वटै प्रदेशका प्रमुखलाई ओली सरकारले बर्खास्त गर्यो । र, नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरको घोषणा गर्यो । महिनाको तेस्रो साता भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पियाधारलागतको क्षेत्र समावेश भए पछि देशभरी बिरोधमा प्रदर्शनहरुले ठूलो चर्चा पाए ।

मंसिर पहिलो साता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी ओलीले सरकार र पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारी पाए । मंसिर पहिलो साता नै प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रीमण्डल पुर्नगठन गरे । संविधान जारी भए पछि नेपालमा पहिलो पटक मैसिर दोस्रो साता ५२ पदका लागि उपनिर्वाचन भयो, जहाँ ६५.४३ प्रतिशत मतदाताले मतदान गरेका थिए, उक्त चुनावमा नेकपाको बर्चश्व रह्यो ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा इतिहासमा नै सबैभन्दा बढी अर्थात ५१ स्वर्ण प्राप्त गर्यो । तर महिनाको अन्त्यमा सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १५ जनाको ज्यान गयो ।यसै महिना कांग्रेसको आन्तरिक विवादले चर्चा पायो । सिने क्षेत्रले भने यसै महिना वरिष्ट कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष केशव भटराइलाई गुमायो ।

पुसमा राष्टिय सभा निर्वाचनका लागि सत्तारुढ नेकपा र राष्टिय जनता पार्टी नेपालबीच दुई बुदेँ सहमति भयो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी ओली सरकारबाट बाहिरियो । २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्यसहित भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन समारोह सम्पन्न भयो । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिषयले यो महिना ठूलै चर्चा पायो । जसले सरकार लाई आलोचित बनायो । चीनको वुहानमा कोभिड १९ देखा परेपछि नेपालको पर्यटन क्षेत्रमा समेत धक्का लाग्यो । जसले भ्रमण वर्षलाई पनि प्रभाव पार्यो ।

माघमा ठूलो रस्साकस्सीपछि उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफनो पदवाट राजिनामा दिईन, र एक सातापछि नेकपा सांसद अग्नीप्रसाद सापकोटा सभामुखमा निवाचित भए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा र राजपाले बिजय हासिल गरे । नेपालमा पहिलो पटक कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी गरायो । माघ दोस्रो साता सत्तारुढ नेकपाको केन्द्रीय समितिको बैठक सुरु भयो, एमसीसी अध्ययन गर्न पुर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरियो भने नेकपाले कोभिड १९ को बारेमा जनचेतना जगाउने निर्णय लियो । ललिता निवास जग्गा अनियमितामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादार सहित १ सय ७५ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गर्यो ।

फागुनमा सेक्युरिटी प्रेस खरिद गरेर ७० करोड कमिशन हत्याउने विवादास्पद अडियो सार्वजनिक भए पछि तत्कालिन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिए, हाल सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडाले सम्हालिरहेका छन् ।
कोभिड १९ को कारण देखाउँदै भ्रमण बर्ष र सगरमाथा संवादको सम्पुर्ण कार्यक्रम स्थगित गर्ने निर्णय मन्त्रीपरिषदले गरयो ।प्रधानमन्त्रीको ओलीको फागुन २१ गते दोस्रो पटक गरिएको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो ।कोरोना संक्रमण विश्वमा फैलन क्रम बढेसंगै अन्तर्राष्ट्रिय आवागमनमा कडाइ । प्रधानमन्त्रीको ओलीका मृगौला सफलतापूर्वक प्रत्यारोपण भयो ।

चैत ९ देखी १८ गतेसम्म अन्तर्राष्टिय हवाई उडानमा रोक लगाउने, सिनेमा हल, बिद्यालय जस्ता भिडभाड हुने स्थलमा मानिस जम्मा हुन प्रतिबन्ध लगाइयो । चैत ९ देखी २१ सम्मका लागि अत्यावश्यकबाहेक सबै सार्वजनिक सेवाहरु बन्द गर्ने सरकारले घोषणा गर्यो । कोभिड १९ को महामारीको प्रतिरोध र सम्भावित जोखिमवाट बच्नका लागि सरकारद्धारा चैत ११ गते देखी मुलुकभर लकडाउन घोषणा गर्यो । विभिन्न विवादमाझ कोभिड १९ का लागि खरिद गर्न लागिएको स्वास्थ्य उपकरणसहितकाको टेण्डर रद्ध भयो । २२ चैतपछि मुलुक हाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा छ । हालसम्म मुलुकभर १२ जना कोभिड १९ संक्रमित बिरामी फेला परिसकेका छन् । र कोरोनाको कारण यो वर्ष त्रासैत्रासमा बित्ने तरखरमा छ ।