काठमाडौं -कोरोनाभाइरसले विश्वका १८५ देशमा १७ लाख ७३ हजार बढी संक्रमित भएका छन् । अहिलेसम्म एकलाख १४ हजार २ सय ४७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म पाँचलाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिका नै पहिलो यस्तो देश बनेको छ जहाँ कोरोनाले एकैदिन दुईहजार जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै बेलायतमा २४ घण्टामा ९१७ जनाको मृत्यु भएको छ भने त्यहाँ जम्मा मर्नेको संख्या १९ हजार ४६८ रहेका छन् ।इटलीमा आइतबारसम्म १९ हजार बढीको मृत्यु भएको छ ।