काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूबाट कोरोना विरुद्ध लड्न आह्वान गर्दै राष्ट्रिय गान गाईएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरिएको आव्हान अनुसार आइतबार बिहान महाशाखा लगायतका कार्यालयहरुमा राष्ट्रिय गान गाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले बताए ।


ADVERTISEMENT

# # #


ट्राफिक कार्यालयका आ–आफ्नो ब्यारेकको झ्याल ढोका वा कौसी, प्राङ्गणबाट कोरोना भाईरस विरूद्ध अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, अति आवश्यक प्रदायकका कर्मचारी, सुरक्षा कर्मी तथा ट्राफिक प्रहरी लगायतको सम्मानमा हात हातमा राष्ट्रिय झन्डा लिएर राष्ट्रिय गान गाईएको र गुन्जाईएको उनले बताए । राष्ट्रिय गान सकिएपछि सबैले करताल ध्वनीले ऐक्यबद्धता स्वरूप ताली समेत बजाईएका छन् ।

“राष्ट्रगान गाउँदा जुन भावनाले मन तरंगित हुन्छ, त्यो स्वाभिमान, आत्मसम्मान तथा देशप्रतिको श्रद्धाभावको एक ज्वलन्त स्वरुप हो ।” एसएसपी ढकालले भने, “ट्राफिक प्रहरी पनि यस्तो विषम परिस्थितिमा फ्रन्टलाईनमा रहेर काम गरिरहेको छ र यसले देशप्रति समर्पित हुन र जनताको सेवामा काम गर्न थप उर्जा मिलेको छ ।”