काठमाडौं – कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि भारतले ३ मेसम्म लकडाउन लम्ब्याउने भएको छ ।


ADVERTISEMENT


मंगलबार विहान देशबासीको नाममा संबोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन ३ मेसम्म बढाउने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले लकडाउनको पूर्ण पालना गर्न र जुन ठाउँमा छौँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग वृद्धवृद्धाको विशेष ध्यान राख्न, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्न, प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यानदिन, कोरोना सङ्क्रमण रोक्न आरोग्य सेतु मोबाइल एप डाउनलोड गर्न, विपन्न परिवारका लागि सकेजति सहयोग गर्न, आफूसँग काम गर्नेलाई कामबाट ननिकाल्न, र डाक्टर, नर्स, सरसफाइकर्मी र प्रहरीको आदर गर्न नागरिक माझ अपिल गर्नुभएको छ ।