एजेन्सी– फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले भने, ‘अन्य देशहरुमा जस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो । धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।


ADVERTISEMENT


फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी उनले दिए । फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा करिब १५ हजार पुगेको छ । फ्रान्समा ४ हजार १ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।


ADVERTISEMENT

# # #