श्याम ठाकुर, कर्जन्हा – विश्वभरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को मध्यनजर गर्दै सिरहाको कर्जन्हा नगरपालिकाले राहत वितरणको कार्य सुरु गरेको छ । नगरपालिकाले सोमबार वडा नं. ६ र वडा नं. १० का करिब ३ सय परिवारलाई राहत वितरण गरेको छ ।


ADVERTISEMENT


नगरपालिकामा दैनिक ज्यालादारी गरि खाने व्यक्तिहरु र आर्थिक रुपमा पछाडि परेका दलित, विपन्न परिवारहरुलाई राहत वितरण गर्ने अभियान संचालनमा ल्याएको छ ।


ADVERTISEMENT

# # #


कर्जन्हा नगरपालिकाको कार्यापालिका बैठकले नगर वासीहरुलाई राहत दिने निर्णय गरेपछि ४० हजार ६ सय २० केजी मन्सुली चालम, ३ हजार ३ सय केजी मसुरो दाल, ३ हजार ५ सय लिटर खाने तेल सनफलावर, ३ हजार ३ सय केजी अयोडिन नून, ८ हजार २ सय ५० केजी आलु र ८ सय २५ केजी सोवाइबिन खरिद गरि वितरणको कार्यमा लागेको नगर प्रमुख गंगा पासमानले बताए ।

कर्जन्हा नगरपालिका वडा नं. १० मा १ सय ४४ परिवारलाई सान्तपुर्ण वातावरणमा राहतका सामाग्री वितरण भएको वडा अध्यक्ष जगदिश साहले जानकारी दिए । लामो समयको लकडाउनले आर्थिक अवस्था कमजोर भएका तथा गरिब दलित लगायतका समुदायहरु विशेष मारमा परेकाले राहत उपलब्ध गराउनका लागि राहत कार्यविधि २०७६ समेत पास गरेको छ ।

राहत कार्य्विधि अनुसार पहिलो चरण अन्तर्गत नगरपालिकामा करिब दुई हजार परिवारलाई विभिन्न राहतका प्याकेज उपलब्ध गराउने, नगरपालिकामा रहेको सम्पुर्ण घर विद्युत मिटरको शूल्क नगरपालिकाले तिर्ने, कोरोनाभाइरसको समयमा समेत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि २० लाखको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै कर्मचारीहरुको लागि दैनिक भत्ता, इन्धन र सञ्चार लगायतका विभिन्न सेवा उपलब्ध गराउने लगायतका विभिन्न निर्णय भएको नगर प्रमुख पासमानले जानकारी दिए । लामो समय देखि राहतको पर्खाइमा रहेको कर्जन्हा नगरपालिका भित्रका गरिब दलित लगायत विभिन्न समुदायहरुलाई छिटोछरितो माध्ययमबाट राहत उपलब्ध गराउनका लागि आफुहरु दिन रात काम गरिरहेकाले कर्जन्हावासीले छिटै राहत पाउने वडा नं. ८ का वडा अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

लकडाउन हाम्रै लागि भएकाले सबैले यसलाई सफल गर्नका लागि आफ्नो तहबाट सकारात्मक भुमिका खेलिदिन तथा नगरपालिकाबाट वितरण हुने राहत उचित पिडितहरु लिएर आफुहरुलाई सहयोग गरिदिन नगर प्रमुख पासमानले नगरवासी संग आग्रह गरेको छ । साथै, लकडाउनको म्याद थप भए सोही अनुसार थप राहत वितरण गर्ने आफुहरुको पूर्व तयारी रहेको र लकडाउनमा कसैलाई भोकै सुत्न नदिने नगर प्रमुख पासमानले ठोकुवा गरे ।