काठमाडौँ – काठमाडौँको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका तीनमध्ये दुई जनामा कोरोना कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


कोरोनाको आशंकापछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो ।


ADVERTISEMENT

# # #


२८ दिनअघि बेलायतबाट फर्किएका उनीहरु एकै परिवारका हुन् । जसमा ५८ वर्षिया पुरुष (छोरा) र ८१ वर्षिया महिला (आमा)लाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

बाँकी १ जनाको पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका दुईको पाटन अस्पतालमा उपचार सुरु भएको छ ।

उनीहरुमा कोरोनाको आशंका देखिएपछि प्रहरीले कागेश्वरी मनोहरा नगरपालिकामा रहेको उक्त अपार्टमेन्टलाई सोमबार नै शिल गरेको छ ।उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको र संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ पनि सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।