एजेन्सी- अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या ३० हजार नाघेको छ ।  विश्वमै सबैभन्दा प्रभावित अमेरिकामा छ लाख ३७ हजार ७१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।


ADVERTISEMENT


कोरानाभाइरसका कारण अहिलेसम्म विश्वभर एक लाख ३६ हजार मानिसहरुको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसका कारण विश्वर मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय १६ पुगेको छ । २० लाख ८३ हजार प्रभावितमध्ये करिव ५ लाख १० हजार ३ सय १० जना उपचारपछि घर फर्किएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीको कारण विश्वका अधिकांश देश प्रभावित भएका छन् ।

भारइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्नुका साथै सावधानीहरु अपनाइएका छन् ।