काभ्रे — र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ देखिएका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


आरडिटी टेस्ट पोजिटिभ देखिएका दुई युवाहरुको स्वावको नमूना संकलन गरी धुलिखेल अस्पतालमा परिक्षण गरिएको थियो। दुवै जना धुलिखेल अस्पतालको आइसोलेसनमा छन्।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण पुष्टी भएका सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा पनि कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

बेथानचोक –५ का २८ बर्षीय युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए।