काठमाडौँ – नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार आज बिहान निधन भएको छ । आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको ब्राउनका महिला साथी तथा उनको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले राससलाई इमेलबाट जानकारी दिइन् । उनी केही समयदेखि बिरामी थिए ।


ADVERTISEMENT


कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उनका साथी जर्ज ब्याण्ड थिए । ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा निधन भइसकेको छ । उनीहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते (सन् १९५५ मे २५) मा गरेका थिए ।


ADVERTISEMENT

# # #


साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुगेका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गरेका थिए । रासस