एजेन्सी – गत महिना मार्च २३ बाट बेलायतमा शुरु तीन साता लामो लकडाउनको अवधि पुन: तीन साताकै लागि थप गरिएको छ । गत सोमबारदेखि नै तीन हप्ते लकडाउनको समयसीमा सकिएपनि निरन्तर रुपमा लकडाउन जारी राख्न सरकारले निर्देशन दिएको थियो ।


ADVERTISEMENT


कोरोना भाइरसको कारण मृत्युदर र संक्रमित संख्या नियन्त्रण नभएपछि लकडाउनको अवधि पुन तीन हप्ताको लागि थपिएको हो ।


ADVERTISEMENT

# # #


‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार बिहीबारमात्र बेलायतमा थप ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । यसैगरी बिहीबारको जारी तथ्यांक अनुसार कोरोनाका संक्रमणका कारण गएको २४ घन्टामा अस्पतालमा थप ८ सय ६१ जानले ज्यान गुमाएका छन् ।