चितवन-  भरतपुर अस्पतालको आइसोलेसन वार्डमा रहेका चितवनका दुईजना व्यक्तिको स्वाब परीक्षणमा भरतपुरको प्रयोगशालामा कोरोना संक्रमण भेटिएपछि थप पुष्टिको लागि उनीहरुको नमुना परीक्षण गर्न काठमाडौं पठाइएको छ ।


ADVERTISEMENT


भरतपुर अस्पतालले दुई नमुना थप परीक्षणको लागि काठमाडौं पठाएको जानकारी गराएको छ । उनीहरु राप्ती नगरपालिकाका व्यक्तिहरु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए ।


ADVERTISEMENT

# # #


अस्पतालबाट परीक्षणका लागि ३६ वटा नमुना भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाएकोमा बिहीबार साँझ ३१ वटाको नतिजा आएको थियो । सुरुमा नतिजा आएको ३१ नमुनामा संक्रमण भेटिएको थिएन । नतिजा आउन पाँचमध्ये राति तीनवटाको नतिजा नेगेटिभ आएको र बाँकी दुईवटा नमुना थप परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको सुचना अधिकारी पौडेलले बताए ।
भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये बिहीबारसम्म २१२ जनाको नतिजा कोरोना भाइरसको संक्रमण नभएको आएको छ ।