कञ्चनपुर- कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको निर्णयमा भनिएको छ, ‘ विवाह प्रयोजनमा अधिकतम ५ जना उपस्थित भइ सामाजिक दुरीलगायत कोभिड–१९ को जोखिम न्युनीकरणका उपायहरु अबलम्बन गरेर विवाह कार्य सम्पन्न गर्नहुन स्पष्ट गरिन्छ ।’


ADVERTISEMENT


यस्तै प्रशासनले जिल्लाभित्र हुने विवाहका लागि सवारी पास आवश्यक नपर्ने, गाडीमा शुभ विवाहको व्यानर राख्नुपर्ने, बेहुला–बेहुली, पण्डित र पुजा सामग्री राख्न आग्रह गरेको छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित युवाको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #