कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८८३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ हजार ५१८ जनाको मृत्यु भएको छ । बेलायतमा ५९६, इटलीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा ७४ हजार ५५७ जना कोरोना संक्रमितको पहिचान भएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा २५ हजार २६१ जनामा कोरोना संक्रमितको पहिचान भएको छ ।

हालससम्म विश्वभर २४ लाख ५३ हजार २५ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये ६ लाख २४ हजार ९११ जना निको भइसकेका छन् ।

अहिले १६ लाख १५ हजार ४८४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् । ५४ हजार २२५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६४ हजार ९३० पुगेको छ ।