काठमाडौँ– सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ(यङलाई दक्षिण कोरियाली अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ।


ADVERTISEMENT


घुस खुवाएको ठहर गर्दै कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र छोरा ली जेइयङलाई शुक्रबार यो सजाय सुनाइएको हो। सोल जिल्ला अदालतले लीले पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको ठहर गरेको हो।


ADVERTISEMENT

# # #


सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप लागेको थियो।

अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए। लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन्।

अदालतले सामसुङका अरु दुईजना कार्यकारीलाई चार वर्षको जेल सजाय सुनाएको छ।

यही घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइएको थियो।