एजेन्सी – भारतमा जारी लकडाउन खुकुलो पार्ने भनिएपनि संक्रमित बढेपछि अन्योलमा परेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ ।


ADVERTISEMENT


भारतमा कुल संक्रमितको संख्या १७ हजार बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर बढेपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने– नगर्नेमा अन्योल देखिएको छ ।