क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गरी कम्तीमा १६ जनाको हत्या गरेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार कोरोना भाइरसका कारण लकडाउन गरिएकाले मानिसहरू घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए। बन्दुकधारी प्रहरी कारबाहीमा मारिएको बीबीसीले लेखेको छ।


ADVERTISEMENT

# # #


मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन्। हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दूरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो। प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर मानिसका शव भेटिएका थिए।