हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलद्धारा कोरोनाविरुद्धको अभियानका लागि प्रदेश बागमती सरकारलाई सहयोग गरेको छ ।
कांग्रेसले आफ्ना सांसदहरुको तर्फबाट ३ लाख १२ हजार ४० रुपैंया प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको हो । सहयोग रकमको चेक नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेका थिए । कांग्रेसले आफ्ना सांसदहरुको ७ दिनको सेवा सुविधा र सांसद विजुल बर्माको एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गरेको छ । रकम सहयोग गर्ने घोषणा कांग्रेसले यसअघि नै गरेको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेसका २२ सांसद रहेका छन् ।
नेपाली कांग्रेसले हरेक विपदको समयमा आफ्नो दलको तर्फबाट सहयोग गर्दै आएको छ । बागमती प्रदेश सरकारलाई कांग्रेस प्रदेश संसदीय दलले यसअघि पनि प्रदेश २ मा भएको हावाहुरी प्रभावितलाई सहयोग गर्न रकम उपलव्ध गराएको थियो ।


ADVERTISEMENT