काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि. को सेलपे सेवाले ई–कमर्स ‘पेलेस एप’ प्लेटफार्म सँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत ‘पेलेस एप’को कुपन सेक्शनको ‘खेती फूड’बाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निःशुल्क पाउनेछन् ।


ADVERTISEMENT


कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा ग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी ‘पेलेस एप’ ले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ । यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्नेछ ।


ADVERTISEMENT

# # #


यसका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसको संक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि ‘पेलेस एप’ को कुपन सेक्शनको ‘खेती फूड’बाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट अग्रिम भुक्तानी गर्न सक्नेछन् ।

साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निःशुल्क उपलब्ध गराउने छ । जसको लागि सेलपेको ग्राहकहरुले पेलेस एप’ को कुपन सेक्शनको ‘खेती फूड’बाट सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत अग्रिम भुक्तानी गरेमा १० थान मास्क र १ थान साबुन निःशुल्क पाउनेछन् ।