काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुई अध्यादेश जारी गरेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा प्रमुद प्रतिपक्षी दलको नेता बिना नै बैठक बस्न सक्ने र निर्णय गर्न सक्ने उल्लेख छ । यस्तै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था उल्लेख छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यी दुई अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रीपरिषद् बैठकले यी दुई अध्यादेश सिपाmरिस गरेसँगै अहिले राजनीतिक वृत्त तातेको छ ।