एजेन्सी – जर्मन क्लब वायर्न म्युनिखका विंगर अल्फान्सो डेभिस सन् २०२५ सम्म क्लबमै रहने भएका छन् । क्यानेडियन विंगर डेभिसले सोमबार क्लबसँगको सम्झौतामा नवीकरण गरेका छन् ।


ADVERTISEMENT


१९ वर्षे युवा खेलाडी डेभिसले सम्झौता सकिन ३ वर्ष अघि नै क्लबसँग नवीकरण गरेका हुन् । वायर्नसँग उनको सम्झौता २०२३ सम्म रहेको छ ।


ADVERTISEMENT

# # #


तर, डेभिसले सन् २०२५ सम्म क्लबमा रहने गरि नयाँ सम्झौता गरेका छन् । डेभिस सन् २०१८ मा वायर्न आएका थिए । उनले यस सिजन ३१ खेलमा १ गोल गर्नुका साथै ८ एसिस्ट गरेका छन् ।

उनले वायर्नबाट बुन्डेस लिगा, जर्मन कप लगायतका उपाधि जितिसकेका छन् ।