काठमाडौँ– राजधानीमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबल प्रतियोगीताको सेमिफाईनलमा आज नेपाल र बंगलादेश भिडी रहेका छन् ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समुह एको बिजेता बंगलादेशले समुह बी को उपबिजेता नेपालसंग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलको पहिलो हाफमा नेपालले बंगलादेश विरुद्ध २ गोल गरेको छ । खेलको पाँचौँ मिनेटमा गोल गर्दै आकाश बुढामगरले नेपाललाई अग्रता दिलाएका थिए । लगत्तै आठौँ मिनेटमा बंगलादेशले गोल गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन । नेपाललाई सुरुवाती अग्रता दिलाएका उनै आकाश बुढा मगरले खेलको २९ औँ मिनेटमा अर्को गोल गरेर नेपाललाई २–० को स्थितिमा पुर्याएका थिए ।


ADVERTISEMENT

# # #


नेपाली खेलाडी हावी भएपछि बंगलादेशले गोल गर्न सकिरहेको छैन । अहिले पहिलो हाफ सकिएर केही बेरमा दास्रो हमफ सुरु हुँदैछ ।

समुहचरणको पहिलो खेलमा माल्दिभ्सलाई ६–० को अन्तरले हराएको नेपालले दोस्रो खेलमा चिर प्रतिद्धन्दी भारतसंग २–१ को पराजय भोगेको थियो । नेपाली टोलीका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले बंगलादेशबिरुद्धको खेल नेपालका लागि फाईनल सरह हुने बताएका छन् ।

समुहचरणका दुबै खेलमा जित निकालेको डिफेण्डिङ च्याम्पियन बंगलादेशलाई कमजोर नआक्ने श्रेष्ठको भनाई छ । त्यस्तै हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा समुह बीको बिजेता भारत र समुह एको उपबिजेता भुटानबीच प्रतिस्पर्धा भइरहेको छ।

जित्ने टोलि प्रतियोगिताको फाइनलमा जानेछन् ।