काठमाडौँ– राजधानीमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबल प्रतियोगीताको आज भरएको सेमिफाईनलमा नेपालले बंगलादेशर्ला ४ २ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा नेपालले २ गोल गरेको थियो भने बंगलादेशले मौका पाउँदा पनि गोल गर्न सकेन । नेपाललाई अग्रता दिलाउने क्रममा खेलको पाँचौँ मिनेटमा आकाश बुढामगरले गोल गरेको थिए । । उनले डिबक्स भित्र पाएको अवसरलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


नेपाललाई सुरुवाती अग्रता दिलाएका उनै आकाश बुढा मगरले खेलको ३० औ मिनेटमा अर्को गोल गरेर नेपाललाई २–० को स्थितिमा पुर्याएका थिए । समुह ए को बिजेता बंगलादेशले समुह बी को उपबिजेता नेपालसंग प्रतिस्पर्धा गरेको थियो ।

दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता बनाएको थियो । तर खेलको ७२ औं मिनेटमा बंगालदेशले गोल गरेको थियो । त्यसको एक मिनेटमा नै बंगलादेशले अर्को गोल गर्दै अग्रतालाई ३–२ मा झारेको थियो ।

२ मिनेटमा २ गोल गर्दै बंगलादेशले कमव्याकको संकेत देखाएको थियो । तर बंगलादेशले लय लाई निरन्तरता दिन नसक्दा नेपालका सौगात खवासले ९६औ मिनेटमा गोल गरेपछि नेपालले फाइनलको यात्रा तय गरेको हो ।

समुहचरणको पहिलो खेलमा माल्दिभ्सलाई ६–० को अन्तरले हराएको नेपालले दोस्रो खेलमा चिर प्रतिद्धन्दी भारतसंग २–१ को पराजय भोगेको थियो ।

समुह ए को बिजेता बंगलादेशले समुह बी को उपबिजेता नेपालसंग प्रतिस्पर्धा गरेको थियो । नेपालले आइतबार उपाधिका लागि भारतसंग भिड्ने छ । आजै भएको अर्को खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै भारतले फाईनलमा स्थान बनाएको हो ।