काठमाडौँ – उदयपुर जिल्लाको भुल्केमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो।


ADVERTISEMENT

# # #


जसमध्ये भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका देखिएपछि थप नमूना परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो । धरानमा गरिएको परीक्षण पनिछ कोरोना ती आठै जनामा कोरोना पुष्टि भएको हो ।

अर्का एक जनाको भने आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएको थियो । यसअघि उदयपरकै नुरुी मस्जिदमा गत शुक्रबार १२ जना कोरोना संक्रमित भेटिएका थिए ।

आजै ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये उपचारपछि ४ जना निको भएर घर फर्किएका छन् । अन्यको उपचार भइरहेको छ ।