एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन हतारमा हटाउँदा संक्रमण थप बल्झिने चेतावनी दिएको छ ।


ADVERTISEMENT


विभिन्‍न मुलुकले लकडाउनलाई सहज बनाउँदै लगेपछि डब्लूएचओको यस्तो चेतावनी आएको हो । डब्लूएचओका क्षेत्रीय निर्देशक ताकेशी कसाईले मंगलबार समयभन्दा पहिले यो कोरोना संक्रमणका लागि लगाइएको लकडाउन हटाएमा थप क्षति हुनसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, जुन सरकारले लकडाउन हटाउन चाहन्छन् । ती मुलुकहरुले हरेक प्रतिबन्धहरु विस्तारै फुकुवा गर्नुपर्दछ । प्रतिबन्धहरु सहज बनाउँदै जाँदा कतिको प्रभावकारी भइरहेको छ भन्‍ने अनुगमन पनि गर्नुपर्दछ ।