काठमाडौँ – कोरोना देखिएपछि अस्पताल भर्ना भएका काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुबैजना उपचारपछि निको भएका छन् । ५८ वर्षिय छोरा र ८१ वर्षिया आमा कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT


उपचारपछि निको हुने आमाछोरा बेलायतबाट फर्किएका थिए । र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका उनीहरुमा गत वैशाख २ गते कोरोना पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरेना देखिएका ४७ जनामध्ये उपचारपछि निको हुनेको संख्या ९ पुगेको छ भने उपत्यकामा कोरोना देखिएका सबैजना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणपछि निको भएर घर फर्किएका ९ जनामध्ये ५ जनाले काठमाडौँमा उपचार गरेका थिए । नेपालका पहिलो संक्रमित पनि काठमाडौंमा उपचार गरेर निको भएर फर्किएका हुन्।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट २ जना र बाग्लुङको धौलागिरि अस्पतालमा एक जना निको भएर घर फर्किएका छन् ।