काठमाडौँ– नेपाल आंशिक प्राध्यापक संघले त्रिवि तथा सरकारसँग पटक पटक भएको सम्झौतानुसार त्रिविमा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकलाई प्रक्रिया पुर्याएर करार तथा स्थायी गर्न माग गरेको छ ।


ADVERTISEMENT


संघले आज यहाँ पत्रकार सम्मेलन गरी विसं २०६३, २०६५, २०६६ तथा २०६९ मा पटक पटक सम्झौता भए पनि आफूहरुलाई सरकारले करारमा नियुक्त गर्ने तथा स्थायी गर्नेतर्फ कुनै कदम नचालेको जनाएको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा पूर्वशिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकको मागे रोजीरोटीसँग जोडिएकाले सरकारले तिनको माग सम्बोधन गर्नुपर्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने बेलामा राजनीति हावी भएकाले विकृति छाएको बताए ।

त्रिवि प्राध्यापक संघका महासचिव नन्दकिशोर सिंह, प्रगतिशील प्राध्यापक संघका सचिव रामकुमार राई, आंशिक प्राध्यापक संघका संयोजक शशीकुमार शर्मालगायतले त्रिविमा एक दशकभन्दा बढीदेखि प्राध्यापनरतलाई छिटो प्रक्रिया पुर्याएर करार तथा स्थायी गर्न माग गरे। संघले तीन महिनादेखि आन्दोलन गर्दै आएको छ । सो क्रममा आंंशिक प्राध्यापकहरु ३२ दिनदेखि अनशन बस्दै आएका छन् ।