काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय निर्वाचन प्रयोजनका निम्ति आज छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।


ADVERTISEMENT


समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् ।


ADVERTISEMENT

# # #


समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए। उनले समितिको बैठक आजैबाट बसी घोषणापत्रको काम शुरु गरिने बताए।

राजपाले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट आज निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । रासस