काठमाडौं –  विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख २५ हजार नाघेको छ । संक्रमणबाट १ लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ । ७ लाख ४५ हजार ८ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।


ADVERTISEMENT


सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या आठ लाख ७८ हजार ९ सय नाघेको छ भने ४९ हजार ७ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ८५ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण इटालीमा २५ हजार ५ सयभन्दा बढीको ज्यान गएको छ । त्यहाँ करिव १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २२ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने दुई लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यसैगरी, फ्रान्समा २१ हजार ८ सय, बेलायतमा १८ हजार ७ सय, जर्मनीमा ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । बेल्जियममा ६ हजार ४ सय ९०, इरानमा ५ हजार ४ सय ८१, नेदरल्याण्डमा ४ हजार १ सय ७७ जनाको ज्यान गएको छ ।

त्यसैगरी भारतमा संक्रमितको संख्या २३ हजार नाघेको छ भने ७ सय २१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा ११ हजारभन्दा बढी संक्रमित भएका छन् भने २ सय ३५ जनाको मृत्यु भइसकेको छ ।