काठमाडौं –  कतारका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजीज अल थानीले कतारमा रहेका नेपाली कामदारहरुबारे चिन्ता नलिन आग्रह गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्री थानीसँग फोन संवाद गरेंका थिए ।


ADVERTISEMENT


कतारी प्रधानमन्त्री थानीलाई उदृत गर्दै प्रधाममन्त्री ओलीले ट्वीटरमार्फत भनेका छन् , ‘मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें । कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो ।’


ADVERTISEMENT

# # #


त्यसैगरी प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएको पनि जनाएका छन् ।कतारले विहीबार नै १७ नेपालीलाई जेल मुक्त गर्ने घोषणा गरेको थियो ।