एजेन्सी –  इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।


ADVERTISEMENT


यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई सुरु गरी नतिजामा पुग्‍न निर्देशन गरिसकेको छ । यूईएफएले लिग सुरु गर्दा संक्रमणबाट बच्‍न सबै सुरक्षाका उपाय अपनाउनसमेत आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


इटालियन फुटबल संघका अध्यक्ष ग्याब्रियल ग्राविनाले भिडियो कन्फरेन्समार्फत् क्लबहरुलाई लिग सिध्याउन अतिरिक्त समय दिन सकिने बताएको छ । यसअघि लिग पूरा गर्न सिरी एका सबै क्लब सहमत भएको जनाइएको थियो । पछिल्लो समय लिग पुनः सुरु भए आफ्नो क्लबलाई नपठाउने दाबी गर्दै आएका क्लबहरु पनि सिजन पूरा गर्न तयार रहेको बताइएको हो ।