स्कटल्याण्डकी ट्रेसी म्याग्वायर त्यस क्षणलाई याद गरिरहेकी छन्, जतिबेला डाक्टरले उनको तीन हप्ताकी छोरीको नाकबाट कोरोना भाइरस परीक्षणका लागि स्वाब निकालिरहेका थिए । एउटा आमाका लागि यस्तो दृश्य एकदमै पीडादायी क्षण थियो ।


ADVERTISEMENT


उनी भन्छिन्, ‘त्यो पहिलो पटक थियो, जब मैँले आफ्नी बच्चीको आँखामा आँशु देखेकी थिएँ । म उसलाई थामिरहेकी थिएँ र सँगै रोहिरहेकी थिएँ । मानौँ, त्यस अवस्थामा हामी एकअर्का लागि सहारा दिइरहेका थियौँ ।’


ADVERTISEMENT

# # #


समयअगावै जन्मिएकाले छोरीको तौल डेढ किलो मात्रै थियो । उनी मात्र तीन हप्ताकी थिइन्, कोरोना पोजेटिभ देखियो ।  २६ मार्चमा जन्मिएकी उनले आफ्नो समय भन्दा ८ हप्ता अघि नै यस धर्तीमा पाइला टेकेकी थिइन् । जसका कारण परिवारको सबै तयारी लथालिंग भएको थियो ।

जन्मदा स्वस्थ रहेकी पिटन (ट्रेसीकी छोरी) लाई प्रि–एक्लेम्पसिया हुन सक्ने भनिएकाले ल्यानर्कसयरको विस्अ जनरल अस्पताल पुर्याइएको थियो।

जब थाहा भयो उनकी छोरीमा कोरोना संक्रमण छ

केही हप्ता अगाडि उनकी छोरीलाई नुहाउँदा केही सामान्य लक्ष्यणहरु देखिएका थिए । जसबाट कोरोना ठहर गर्नु निकै मुस्किल थियो । तर परीक्षण पश्चात उनमा कोरोना पोजेटिभ देखियो । उक्त समाचार सुनेर ट्रेसी होस हवास भइन् ।

उनले भनिन्, ‘उनी निकै स्वस्थ देखिएकी थिइन्, जसका कारण मैँले उनमा कहिले र कसरी कोरोना भाइरस भयो भन्ने कुरा सोचेर घोत्लिएकी थिएँ । यति सानीले कसरी कोरोना विरुद्ध लड्लिन् भन्ने लागेको थियो । ’

पिटनमा कोरोना देखिएपछि डाक्टरले ट्रेसीलाई १४ दिन उसको सम्पर्कमा नआउन अनुरोध गरे । तर, आमाको मन न हो । उनले मान्दै मानिन् । डाक्टरलाई फोन गरेर गुनासो गरिन्, ‘म आफ्नो बच्चाबाट टाढा हुन सक्दिँन । किनकी जसले जतिसुकै हेरचाह गरेपनि म उसकी आमा हुँ । यसलाई जस्तोसुकै बिराम होस्, म उसँगै हुन चाहन्छु ।’

डाक्टरले भरोसा राख्दै उनलाई अस्पतालमै रहन अनुमति दिए र उपचार थाले । दिन प्रतिदिन स्कटल्याण्डमा कोरोनाका कारण मर्नेको संख्या बढ्दै थियो । तर, पिटन भने निको हुँदै गइन् ।

डाक्टर र नर्समाथि भरासा राख्नुहोस्

ट्रेसी आफ्नी छोरीका साथ उपचारपछि घर फर्किइन् । उनको परिवार अहिले डाक्टर र नर्सको निकै तारिफ गरिरहेको छ । उनी बताउँछन्, ‘उहाँहरुले निकै नै अविश्वसनीय काम गरिरहनु भएको छ । आफ्नो ज्यानको प्रवाह नगरी उहाँहरु हाम्रा लागि खटिरहनु भएको छ । उहाँहरुले मेरी बच्चीको निकै हेरचाह गर्नुभयो । उहाँहरुप्रति जति आभार व्यक्त गरेपनि कम हुन्छ ।’

‘पिटन मेरो लागि विश्वकै अनमोल उपहार हो । मैंले उसको उपचारका लागि डाक्टर र नर्समाथि भरोसा राखेँ । कुनै पनि आमाका लागि यस्तो कुरा मुश्किल हुन्छ । तर, नर्समाथि भरोसा राख्नुहोस् उनले भनिन् । 

– बीबीसी