काठमाडौँ, २२ फागुन । सरकारले प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रभावकारी तरिकाले एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २५ मा मनाउने तयारी गरेको छ ।


ADVERTISEMENT


सो दिवसका अवसरमा मार्च ७ (फागुन २४) मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ । करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए ।


ADVERTISEMENT

# # #


मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए ।
यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहनेछ ।

दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिदढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ ।