काठमाडौँ – नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । झापाका ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनमा कोरोना देखिएको हो । संक्रमित व्यक्ति आइशोलेसनमा रहेको र व्यास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।