काठमाडौँ — कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ ।


ADVERTISEMENT


वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानीमा बिहीबारदेखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएका छन् । उनीहरूले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #